काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले बलात्कार तथा जघन्य अपराधमा संलग्नलाई कठोर सजाय दिनुपर्ने माग गरेका छन्। केही सांसदले प्रमाणित भएका बलात्कार र हत्याका घटनामा दोषीलाई मृत्युदण्ड दिने कानुन तत्काल बनाउनुपर्ने बताएका छन्। तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई संसद्मा उठाउँदै सांसदहरूले पछिल्ला यस्ता घटनाले राज्यको सुरक्षा व्यवस्था र विद्यमान कानुनमाथि गम्भीर प्रश्न […]
विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। विश्वासको मतको पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका प्रदेशसभा सदस्यहरूले मतदान गरेका थिए। मुख्यमन्त्री कार्कीले ५७ मत प्राप्त गरे। कोशी प्रदेशसभामा नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ सदस्य छन्। त्यस्तै, विपक्षमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरूले मतदान गरेका […]
विराटनगर । कोशी प्रदेशसभाको सोमबारको बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तेस्रो पटक विश्वासको मत मागे। विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा मुख्यमन्त्री कार्कीसहित नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेताले आ–आफ्नो धारणा राखेका छन्। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारको स्थायित्वका लागि सबै दलका सांसदलाई आफूलाई विश्वासको मत दिन आग्रह गरे। उनले केन्द्रमा सत्ता समीकरण […]
विराटनगर । कोशी प्रदेशसभाको बैठकमा विराटनगरका निजी आँखा अस्पताल बन्द गरिएको विषयमा पूर्व मुख्यमन्त्री केदार कार्कीले धारणा राख्ने क्रममा सभामुख अम्बरबहादुर विष्टले नियम र कार्यसूचीको विषय उठाएपछि बैठकमा केहीबेर सवाल जवाफ भएको छ। कार्कीले आँखा अस्पताल बन्द गरिएको विषयमा धारणा राख्दै बोल्न खोजेका थिए। त्यस क्रममा सभामुख विष्टले उक्त विषय नियमअनुसार र बैठकको कार्यसूचीअनुसार नभएको […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिँदैछन्। कार्कीले आज दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने तयारी गरेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ । केन्द्रमा भएको एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीचको तीनबुँदे सहमतिअनुसार गत सोमबार नयाँ मन्त्रीहरूले शपथ ग्रहण गरेका थिए। त्यसअघि नेपाली कांग्रेसले मुख्यमन्त्री कार्कीलाई […]
काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ । यस्तै, बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ लाई […]
दाङ । लुम्बिनी प्रदेशसभा सदस्य राजकुमार चौधरीले आफूलाई प्रदेशसभामा विपक्षी दलको बेञ्चमा बस्ने व्यवस्था मिलाइदिन माग गरेका छन्। चौधरीले प्रदेशसभा सचिवालयलाई पत्र पठाउँदै साविक नेकपा (माओवादी केन्द्र) बाट एकलौटी रूपमा गरिएको निर्णयका कारण आफू साविक नागरिक उन्मुक्ति पार्टीको हैसियतमा हालको सरकारको विपक्षमा रहेको उल्लेख गरेका छन्। उनले पार्टी एकताको मूल मर्म र भावनाविपरीत भएको निर्णयका […]
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वर्तमान परिस्थिति असाधारण र चुनौतीपूर्ण रहेको बताएका छन्। सोमबार काठमाडौँमा आयोजित ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वाधीनतामाथि गम्भीर संकट उत्पन्न भएको बताएका हुन्। संयोजक दाहालले लामो संघर्ष र बलिदानबाट प्राप्त राजनीतिक उपलब्धिहरू क्रमशः कमजोर हुँदै गएकोप्रति चिन्ता […]
काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाले प्रदेशसभामा पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ । मुख्यमन्त्री थापाले सोमबार प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव पेस गर्ने कार्यसूची रहेकाले कांग्रेसले आफ्ना प्रदेशसभा सदस्यलाई विपक्षमा मतदान गर्न निर्देशन दिएको हो । कांग्रेस बागमती प्रदेशसभा संसदीय दलका […]
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सर्वसाधारणलाई प्रत्यक्ष आर्थिक भार पर्ने सरकारको कर नीतिविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने बताएका छन्। आइतबार मन्थलीमा आयोजित हस्ताक्षर संकलन तथा पत्रकार भेटघाटमा उनले एक महिनासम्म देशभर हस्ताक्षर संकलन गरी सरकारलाई बुझाउने जानकारी दिए। सरकारका करसम्बन्धी निर्णय पुनर्विचार गर्न दबाब दिने उनको भनाइ छ। घिसिङले विद्युत्, राइड सेयरिङ, […]