स्थानीय तह निर्वाचन लक्षित तयारीमा रास्वपा, उम्मेदवारका लागि प्रशिक्षण अनिवार्य

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि पार्टीबाट उम्मेदवारी दिन चाहने व्यक्तिले ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ प्रक्रिया पूरा गरी उत्तीर्ण हुनुपर्ने व्यवस्था गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि प्रवक्ता मनिष झाले उक्त निर्णयबारे जानकारी दिएका हुन्। उनका अनुसार सम्भावित उम्मेदवारको संख्या बढी हुने अनुमानका कारण […]

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ । दिउँसो साढे १२ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बैठक बोलाइएको हो । रास्वपाको सचिवालय बैठकमा छलफलका लागि मुख्य तीन एजेन्डा तय गरिएको छ । बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३ का विषयमा छलफल गरिने रास्वपाले जनाएको छ । […]

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। सरकारले सिफारिस गरेका आठ वटा अध्यादेशमध्ये यो तेस्रो अध्यादेशका रूपमा प्रमाणीकरणपछि जारी भएको हो। राष्ट्रपति कार्यालयका अनुसार ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ लागू गरिएको छ। राष्ट्रपतिका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानको धारा ११४ को उपधारा […]

साँचो क्रान्ति ज्ञानबाट शुरू हुन्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले शान्तिका अग्रदूत गौतम बुद्धको जन्म जयन्तीको अवसरमा सम्पूर्णमा प्रज्ञामय शुभकामना व्यक्त गर्दै विश्वशान्तिको कामना गरेका छन्। २५७०औँ बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री शाहले बुद्धले देखाएको बाटो दुःख निवारणको बाटो भएको बताएका हुन्। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमा शुभकामना व्यक्त गर्दै भनेका छन्, ‘बुद्धले भन्नुभयो “दुःख छ, दुःखको कारण छ, […]

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत काठमाडौंमा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत नेपाल आइपुगेका छन् । दक्षिण तथा मध्यएसिया मामिला हेर्ने विशेष दूत सर्जियो गोर ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौं आइपुगेका हुन् । उनी तीन दिन नेपालमा बस्नेछन् । उनले परराष्ट्रमन्त्री शिशिर खनाल,अर्थमन्त्री डा।स्वर्णिम वाग्ले, प्रधानसेनापति अशोकराज सिग्देलसँगको भेटघाट गर्ने तय भएको छ । गोरले प्रधानमन्त्री बालेन्द्र साहलाई […]

देशव्यापी अतिक्रमित जग्गा खाली गराउँदै सरकार, सीडीओहरू सँग विस्तृत कार्ययोजना माग

काठमाडौं । गृह मन्त्रालयले देशभरका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा खाली गराउने प्रक्रिया अघि बढाउँदै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)सँग विस्तृत कार्ययोजना माग गरेको छ। मन्त्रालयले बुधबार परिपत्र जारी गर्दै जिल्लाभित्र रहेका अतिक्रमित सरकारी, सार्वजनिक, गुठी तथा ऐलानी जग्गाको पहिचान गरी सम्बन्धित निकायसँग समन्वयमा हटाउने योजना तयार पारेर मन्त्रालयमा पठाउन निर्देशन दिएको हो। […]

राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी क्षेत्रसँग सम्बन्धित अध्यादेश जारी गरेका छन्। राष्ट्रपति कार्यालयका अनुसार उक्त अध्यादेश जारी भएसँगै सहकारी व्यवस्थापनसम्बन्धी कानुनी ढाँचा अद्यावधिक गर्ने प्रक्रिया अघि बढेको छ।

कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

काठमाडौं । नेपाली काँग्रेसले विपक्षी दलको बैठक बोलाएको छ। बैठक मध्याह्न १२ बजे सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा बस्नेछ । सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याएपछि विपक्षी दलहरू एकजुट हुन लागेका हुन् । बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका नेतालाई बोलाइएको छ।

संविधान संशोधनसम्बन्धी बहसपत्र तयारी तीव्र, विज्ञहरूको राय संकलन जारी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठन गरिएको संविधान संशोधनसम्बन्धी बहसपत्र तयारी कार्यदलले विज्ञहरूसँगको परामर्शलाई थप विस्तृत बनाउँदै अघि बढाएको छ । संविधान कार्यान्वयनको करिब एक दशकको अनुभव, देखिएका संरचनागत तथा व्यवहारिक चुनौती र नागरिक अपेक्षालाई समेटेर नीति-बहसका लागि आधार तयार गर्ने उद्देश्यसहित कार्यदलले सरोकारवालासँग छलफललाई निरन्तरता दिएको हो । […]

पहुँचका भरमा सुविधा लिइरहेका ६२२ वटा सवारीसाधन फिर्ता

काठमाडौं । सरकारले राज्यको सीमित स्रोत र साधनमाथि वर्षौँदेखि हुँदै आएको चरम दोहन र प्रशासनिक बेथिति अन्त्यका लागि सुशासनको ठोस कदम चालेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रचलित कानुन विपरीत पहुँचका भरमा सरकारी सवारी साधनको सुविधा लिइरहेका कर्मचारी तथा पदाधिकारीहरूबाट सवारी साधन फिर्ता लिने प्रक्रिया सुरु गरेको हो। कार्यालयले अहिलेसम्म विभिन्न मन्त्रालय, त्यसअन्तर्गतका निकाय र […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं