काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख नजिर मियाँसमक्ष सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापा, आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्ल र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दमन भण्डारीले शपथ लिएका हुन्। आर्थिक मामिला राज्यमन्त्रीमा जानकी ऐर बमले शपथ लिएकी छन्। यसअघि नवनियुक्त मुख्यमन्त्री खगराज […]
विराटनगर । केन्द्रको सत्ता समीकरणअनुसार नेपाली कम्युनिस्ट पार्टी एमाले नेतृत्वको सरकारमा सहभागी हुने तयारीमा रहे पनि मन्त्रीहरूको नाम अझै टुङ्गो लाग्न सकेको छैन। सोमबार मन्त्रीहरूको शपथग्रहण गर्ने तयारी रहेको बताइए पनि कसलाई सरकारमा पठाउने भन्ने विषयमा पार्टीभित्र छलफल जारी छ। स्रोतका अनुसार नेपाली कम्युनिस्ट पार्टीबाट मन्त्रीको नाम अझै टुङ्गो लागिसकेको छैन। उनले भने,’भोलि पार्टी इन्चार्ज […]
काठमाडौँ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा आईजीपी दानबहादुर कार्कीमाथि भएको व्यवहारप्रति गृहमन्त्री सुधन गुरुङले असन्तुष्टि जनाएका छन्। साउन २७ गते आईजीपी कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद खगेन्द्र सुनारबीच भएको सवाल–जवाफप्रति आफ्नो र मन्त्रालयको ध्यानाकर्षण भएको गुरुङले शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बताएका हुन्। उनले उजुरीकै आधारमा कसैलाई दोषी ठहर […]
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षका नेता–कार्यकर्ताको राष्ट्रिय भेला काठमाडौँमा सुरु भएको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा। शशांक कोइरालाको अध्यक्षतामा मिराकल पार्टी प्यालेसमा भेला सुरु भएको हो। गत माघमा भएको कांग्रेसको विशेष महाधिवेशनप्रति असहमति जनाउँदै आएका सभापति शेरबहादुर देउवा तथा डा। शशांक कोइराला पक्षका नेता–कार्यकर्ता भेलामा सहभागी छन्। भेलामा पार्टीको पछिल्लो राजनीतिक […]
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र युवा नेतृत्वलाई आत्मसात गर्दै परिवर्तनलाई विधि र पद्धतिअनुसार अघि बढाउनुपर्नेमा जोड दिएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै शर्माले परिवर्तन र युवा सहभागितालाई विधि तथा प्रक्रियामार्फत संस्थागत गर्नुपर्ने बताएका हुन्। पूर्वसभापति शेरबहादुर देउवाको स्वदेश फिर्तीलाई स्वागत गर्दै शर्माले देउवाबाट सबै पक्षलाई […]
कैलाली । सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त भएका छन् । नेकपा (एमाले) को समर्थनमा भट्टले शुक्रबार बिहान प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका थिए । दाबी पेस गरेलगत्तै प्रदेश प्रमुख मियाँले भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । भट्टले शुक्रबार दिउँसो ३ बजे प्रदेश प्रमुख मियाँसमक्ष मुख्यमन्त्री पद तथा गोपनीयताको […]
काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का खगराज भट्ट मुख्यमन्त्री बन्ने भएका छन्। मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्। प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान ११ बजेसम्मको समय दिएका छन्। तोकिएको समयभित्रै एमालेको समर्थनमा […]
विराटनगर । कोशी प्रदेश सरकारबाट ‘ढिला गरी’ बाहिरिएका नेपाली कांग्रेसका मन्त्रीसहितको हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश सरकारले नयाँ सत्तासमिकरण अघि विभिन्न सरुवा र नियुक्ति गरेको छ । केन्द्रमा नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबिच भएको नयाँ सहमतिअनुसार प्रदेशमा पनि सत्ता फेरबदलको प्रक्रिया जारी थियो तर, मंगलबार र बुधवार नै विभिन्न मन्त्रालयबाट सरुवा र नियुक्तिका दर्जनौँ निर्णय […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका चार वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्। कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १६९ को उपधारा ९३० खण्ड ९क० बमोजिम मुख्यमन्त्री कार्कीलाई रिक्त रहेका मन्त्रालयको जिम्मेवारी तोकेका हुन्। प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्री कार्कीले भौतिक पूर्वाधार विकास मन्त्रालय, पर्यटन, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य […]
विराटनगर । कोशी प्रदेशसभाको बैठक आगामी ३ भदौमा आफ्नै नयाँ भवनमा बस्ने भएको छ। गत २४ असारमा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको प्रदेशसभाको बैठक ३ भदौमा बस्ने भएको हो। कोशी प्रदेशसभा सचिवालयले बिहीबार सूचना जारी गर्दै नवौँ अधिवेशनको तेइसौँ बैठक ३ भदौ बुधबार दिउँसो १ बजे का लागि आह्वान गरिएको जनाएको छ। प्रदेशसभाको […]