चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा चासो अगाडि बढाएका छन् । उनले शुक्रवार माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापुरीको अध्ययन गर्न अनुरोध गरेका हुन् । प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सुवेदीले भने, “त्यहाँ के कस्ता संरचना छन्, केके बनाउनुभएको छ । भारतमा भएको अयोध्याका विषयमा त्यहाँका जनतासमेत विश्वस्त नरहेको […]
विराटनगर । शुक्रबार विराटनगरका तीनजना पत्रकारमा पनि कोरोना संक्रमण पोजेटिभ देखिएको छ । यसअघि स्थानीय चिकित्सक, कर्मचारी र प्रहरीहरूमा देखिएको कोरोना फिल्डमा खटिएर रिपोर्टिङ गर्ने पत्रकार सम्म पुगेको हो । विराटनगरका पत्रकार सञ्जीव खनाल र कमल रिमालले आफूहरुलाई पनि कोरोना संक्रमण भएको पुष्टि फेसवुक मार्फत गरेका छन् । खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना भएको […]
काठमाडाैं । उपत्यकासहित मुलुकभर कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले विभिन्न जिल्ला र क्षेत्रमा निषेधाज्ञासँगै अत्यावश्यकबाहेकका सार्वजनिक सेवा प्रवाहमा पनि कटौती गरेको छ । निजी तथा सरकारी, सार्वजनिक सेवामा कार्यरत पदाधिकारी र कर्मचारीबाहेक ट्राभल हिस्ट्री नदेखिएकाहरूमा पनि संक्रमण पाइएपछि उच्च जोखिममा परेका स्थान सिल गर्नुका साथै विभिन्न जिल्लामा सरकारी कार्यालयबाट दिइने सेवा पनि कटौती गरिएको […]
बिर्तामोड । निषेधाज्ञा लागू गरी झापाको बिर्तामोड नगरपालिकाले ‘मास स्क्रिनिङ’ थालेको छ । संक्रमितको सम्पर्कमा आएका तथा संक्रमणको उच्च जोखिममा रहेका क्षेत्रका बासिन्दाको पीसीआर परीक्षण थालिएको हो । नगरपालिकाले एक सातामा नगर क्षेत्रका ८ सय ४४ जनाको स्वाब नमुना संकलन गरी पीसीआर परीक्षणका लागि ल्याबमा पठाएको छ । कम्तीमा एक हजार जनाको पीसीआर परीक्षण गर्ने […]
काठमाण्डौ । दुवईबाट आउँदै गरेको एयर इंडियाको विमान केरलाको कोझिकोड एयरपोर्टको रनवेमा पल्टिदा जहाज दुई टुक्रा भएको छ । विमानमा १ सय ९१ यात्रु सवार रहेको भनिएको छ । तर स्पष्ट जानकारी आइसकेको छैन । अधिकांश यात्रु घाइते भएका छन् । भारतका गृहमन्त्री अमित शाहले टुइटरमा दिएको जानकारी अनुसार घटनास्थलमा उद्धारकार्य भइरहेको छ । केरलाको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य ६ जनाको पीसीआर परीक्षण गर्दा कोरोना रिर्पोट नेगेटिभ आएको छ । शुक्रबार बिहान लिइएको स्वाबमा प्रधानमन्त्रीसहित अन्य ६ जनाको रिर्पोट नेगेटिभ आएको हो । शुक्रबार प्रधानमन्त्रीसहित नेकपा संसदीय दलका उपनेता सुवाष नेम्वाङ, कानुन न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फे, मुख्य सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन […]
काठमाडौं । झापामा एक व्यक्तिको हत्याकाण्डका अभियुक्त १७ वर्षपछि पक्राउ परेका छन्। २०६० कात्तिक ३० गते बिरिकलाल माझीको हत्या गरेको अभियोगमा दुर्गाबहादुर मगरलाई झापा प्रहरीले पक्राउ गरेको हो। १७ वर्षपछि पक्राउ परेका मगरलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ। झापाको टाघनडुब्बाका ४५ वर्षीय बिरिकलाल छोरी ज्वाईको घरमा गएको बेला कुटपीटबाट मारिएका थिए। साँझ घुमफिर गर्न बाहिर […]
काठमाडौँ । काभ्रेको बेथानचोक गाउँपालिका वडा न। ४ घर भई हाल गाउँपालिकाकै क्वारेन्टिनमा बसिरहेकी २१ वर्षिया युवतीले झुण्डिएर आत्महत्या गरेकी छन् । गत साउन १६ गते दुबईबाट नेपाल आएकी उनलाई क्वारेन्टिनमा राखिएको थियो । गाउँपालिकाको स्वास्थ्य चौकीमा रहेको क्वारेन्टिनमा बसेकी उनीे शुक्रबार दिउँसो झुण्डिएको अवस्थामा फेला परेकी हुन् । उनको मृत्यु भएसँगै आफन्तले क्वारेन्टिन व्यवस्थापनको […]
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट शुक्रबार थप पाँच जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा २, धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा, विराटनगरको कोशी अस्पताल र वीरगञ्जको गण्डक अस्थायी कोभिड अस्पतालमा १÷१ जनाको मृत्यु भएको हो । पाटन अस्पतालको आईसीयूमा सर्लाहीका ४५ वर्षीय पुरुष र रुपन्देही सुनौलीकी ४१ वर्षीया महिलाको कोरोना संक्रमणबाट शुक्रबार […]
विराटनगर । प्रदेश १ मा शुक्रबार हाल सम्मकै धेरै कारोना संक्रमित थपिएका छन् । मोरङका दुई स्थानीय तहमा मात्रै शुक्रबार ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश १ को राजधानी समेत रहेको विराटनगर महानगरपालिका र मोरङको पुरानो सदरमुकाम रहेको रंगेली नगरपालिकामा यति ठूलो संख्यामा संक्रमण भेटिएको हो । विराटनगरमा ३२ र रंगेलीमा […]