प्रदेश १ मा एकैदिन ४ सय ४७ डिस्चार्ज, २ सय ७ संक्रमित थपिए

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ बाट ४ सय ४७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेसबै होम आईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार २ सय २६ पुगेको छ । प्रदेश १ मा शुक्रबार २ सय ७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७१, सुनसरीमा ५७, संखुवासभामा ३४, झापामा […]

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

विराटनगर । प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको आज मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि शुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा सफलताको कामना गरी सूर्यदेवलाई […]

कक्षा १२ को परीक्षा अनलाइनबाट नहुने, भौतिक उपस्थितिमै गर्ने तयारी

काठमाडौं । कोरोना भाइरसको महामारीले स्थगित कक्षा १२ को परीक्षा अनलाइनबाट नभइ भौतिक उपस्थितिमै हुने भएको छ । भौतिक दूरी कायम गर्दै कक्षा १२ का विद्यार्थीको अन्तिम परीक्षा भौतिक उपस्थितिमा नै लिइने राष्ट्रिय परीक्षा बोर्डले प्रष्ट पारेको छ । विद्यार्थीलाई भौतिक उपस्थितिमा नै परीक्षा लिन कुनै समस्या नभएको र त्यसका लागि आवश्यक तयारी गरिएको राष्ट्रिय […]

वाणिज्य महासंघको केन्द्रीय सदस्यमा राउत निर्विरोध

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा प्रदेश १ बाट राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष तथा मोरङ ब्यापार संघका पूर्व वरिष्ठ उपाध्यक्ष ५८ वर्षीय राउत बिहीबार निर्वाचित भएका हुन् । भोजपुरमा जन्मिएका उद्योगी राउतले निर्वाचित भएसँगै विहीबार सञ्चारकर्मी सँगै कुरा गर्दै अब आफुले उद्योगी […]

प्रदेश १ मा एकैदिन ५ सय ६० जना डिस्चार्ज, २ सय १८ संक्रमित थपिए

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५ सय ६० जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ५ सय ४०, मेची अस्पतालबाट ७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ५, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र र विराट मेडिकल कलेजबाट ४–४ जा डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १९ हजार ७ सय ८७ […]

प्रधानमन्त्री ओली ७ गते ताप्लेजुङको घुन्सा जाँदै, सुरक्षा टोली विहीबारबाटै खटियो

ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङको हिमाली क्षेत्रको निरीक्षणका लागी निस्कने भएका छन् । मंसिर ७ गते ताप्लेजुङको पर्यटकिय क्षेत्र घुन्सामा आयोजना हुने एक कार्यक्रममा सहभागी भए सँगै प्रधानमन्त्री ओलीले जिल्लाको हिमाली क्षेत्रका बासिन्दाको जनजीवन बुझ्ने र सीमावर्ती क्षेत्रको निरीक्षण गर्ने छन् । प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइका अनुसार प्रधानमन्त्री ओली ताप्लेजुङ आउने विषयमा […]

अब निःशुल्क कोरोना संक्रमितको उपचार नगर्ने अस्पताललाई कारवाही

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड–१९ का सङ्क्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारवाही गरिने बताए। उनले सबै अस्पताललाई सङ्क्रमितको उपचार निःशुल्क गर्ने भनी परिपत्र र निर्देशन दिइसकेको जानकारी दिँदै केही अस्पतालले अझै निःशुल्क उपचार नगरेको […]

छठ पर्वको प्रयोगात्मक रुपमा वैज्ञानिक महत्व छ : मन्त्री भट्टराई

विराटनगर । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सूर्यको आराधना गरेर मनाईने छठ पर्वको प्रयोगात्मक रुपमा वैज्ञानिक महत्व रहेको बताएका छन् । विहीबार छठको शुभकामना सन्देश दिदै मन्त्री भट्टराईले प्रकृति र सभ्यताको अनुपम उदाहरण छठ पर्व भएको बताएका हुन् । ‘यस पर्वसँग हाम्रो मौलिक सांस्कृतिक पृष्ठभूमि मात्र जोडिएको छैन, मानव जीवन अस्तित्वसँग जोडिएको […]

ताप्लेजुङमा २६.१२ अर्ब लगानीमा तमोर–मेवा जलविद्युत् आयोजना बन्ने

ताप्लेजुङ । ताप्लेजुङमा २६.१२ अर्ब लगानीमा १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजना निर्माण हुने भएको छ । यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीलाई स्वीकृतिसमेत दिइएको जनाइएको छ । मेवाखोलाको पानीसमेत तमोर नदीमा मिसाएर बनाइने सो आयोजनाको काम विसं २०७८ असोज महिनादेखि निर्माण शुरुआत हुने आयोजनाका प्रवद्र्धक भानेन्द्रकुमार लिम्बूले जानकारी दिए । […]

सरकारले ल्यायो खोप ल्याउन अध्यादेश

काठमाडौं । सरकारले कोरोना भाइरसलगायत संक्रामक रोगविरुद्ध खोप एवं औषधि आकस्मिक रूपमा उपयोग गर्न अध्यादेश ल्याएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मन्त्रिपरिषद्को सिफारिसमा औषधि (तेस्रो संशोधन) अध्यादेश २०७७ जारी गरेकी हुन्। राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले खोप तथा औषधि खरिद सहज तुल्याउने उद्देश्यले अध्यादेश जारी गरिएको जानकारी दिए। विश्व बजारमा कोरोना भाइरसविरुद्धको खोप उपलब्ध […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा