खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा आगलागी भएको छ । आइतबार साँझ भएको आगलागीमा लघुवित्तको कार्यालय रहेकोसहित ३ वटा घरमा क्षति पुगेको छ । खान पकाउने क्रममा ग्यास ‘लिक’ भएर पदम राईको भान्छा कोठाबाट साँझ ६ बजेतिर आगलागी सुरु भएको थियो । आगोले राईको घर तथा घरमा सञ्चालित हार्डवेयर पसल, ग्यास पसल र निर्धन […]
झापा । माइक्रोसफ्टका संस्थापक बिल गेट्सद्वारा स्थापित परोपकारी संस्था ‘गेट्स फाउन्डेसन’को रु. सात करोड ८१ लाख पाँच हजार पाँच सय ८५ अनुदानमा मेचीनगर-१४ मा निर्मित मानव मलमूत्रीय फोहर प्रशोधन केन्द्र प्रयोगविहीन भएको छ । फाउन्डेसनले एसियाली विकास बैंकमार्फत झापाका तीन स्थानीय तह मेचीनगर, बिर्तामोड र बुद्ध शान्तिको मानव मलमूत्रीय लेदो प्रशोधन गरी प्रांगारिक मल बनाउन […]
काठमाडौं । हाल देशमा पश्चिमी वायूको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली […]
खोटाङ। खोटाङको हलेसी बजारको एउटा घरमा आगलागी भएको छ । हलेसी बजारस्थित पदम राईको ग्यास पसल भएको घरमा आगलागी भएको हो । खाना पकाउने क्रममा ग्यास सिलिण्डरबाट सुरु भएको आगो नियन्त्रण बाहिर गएको र स्थानीवासी र प्रहरीले आगो निभाउने प्रयास गरिरहेका छन् । पानी अभावले आगो निभाउन समस्या भएको आगलागी नियन्त्रणमा खटिएकाहरुले बताएका छन् । […]
झापा । झापाको अर्जुनधारास्थित मधुगिता क्रसर उद्योगमा टिपरको ठक्करबाट एक मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका-२ का अन्दाजी २५ वर्षीय मोहन किस्कु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। आइतबार साँझ पौने ६ बजेको समयमा क्रसर उद्योगमा को १ ख ७०१४ नम्बरको टिपरले मिक्सगिटी अनलोड गरी अगाडी बढ्ने क्रममा किस्कुलाई ठक्कर दिँदा उनको […]
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ग्लोबल आइएमई बैंकको बोनस शेयर सूचीकृत भएको छ । आइतबार ग्लोबल आइएमई बैंकको ५.५० प्रतिशत बोनस शेयर सूचीकृत भएको हो । यस बैंकको एक करोड ९८ लाख ७० हजार ८२३ कित्ता शेयर सूचीकृत भएको हो । त्यस्तै, छिमेकी लघुवित्त वित्तीय संस्थाको ८ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ […]
काठमाडौं । नेपालका प्रमुख दुई भुक्तानी सेवा प्रदायक कम्पनी आईएमई पे र खल्तीबीच मर्जर हुने भएको छ । दुई कम्पनी मर्जर गर्ने सम्बन्धमा आइतबार सम्झौता भएको आईएमई पे स्रोतले जनाएको छ । सम्झौता भई आज राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाइएको छ । भुक्तानी सेवा प्रदायकबीच नेपालमा पहिलो पटक मर्जर हुन लागेको हो ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई १० सांसदले प्रश्न गरेका छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा प्रधानमन्त्री ओलीलाई १० सांसदले प्रश्न गरेका हुन् । प्रधानमन्त्री ओलीलाई प्रकाश ज्वाला, प्रतीक्षा तिवारी, प्रतिमा गौतम, वर्षमान पुन, प्रकाश शरण महत, प्रभु हजरा, प्रेम बहादुर आले, प्रेम सुवाल, प्रेम बहादुर महर्जन र प्रभु साहले प्रश्न गरेका […]
ताप्लेजुङ । गएराति सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको र यसअघि गत पुस र माघमा दुईपटक हिमपात भएको जानकारी दिए । तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरामा हिमपातसँगै उक्त क्षेत्रमा चिसो बढेको छ । पाथीभरा क्षेत्र विकास […]
काठमाडौं । सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छे—९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । यस्तै, सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको […]