आज ५ प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । साथै बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ भने तराईका भू–भागका […]

दिल्लीको रेलवे स्टेशनमा भागदौड, १५ जनाको मृत्यु

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीको रेलवे स्टेशनमा अस्वभाविक भीडका बीच भागदौड मच्चिदा १५ जनाको मृत्यु भएको छ । घटनामा अन्य १० जना घाइते भएका छन् । नयाँ दिल्लीको लोक नायक अस्पतालका डेपुटी मेडिकल सुपरिटेन्डेन्ट डा. रितु सक्सेनाले हिजो साँझ रेलवे स्टेशनमा हजारौं मानिसहरूको भिड लागेपछि भागदौड मच्चिदा १५ जनाको मृत्यु भएको पुष्टि गरिन् । […]

कोशीले यसरी मनायो स्थापना दिवस

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सरकारको स्थापना नै संघीयता कार्यान्वयनको महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् । कोशी प्रदेश सरकारले सातौँ स्थापना दिवसको अवसरमा शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सात वर्षको समीक्षा गर्दै आगामी दिनमा कमजोरी सुधार गर्दै लग्ने सरकारको योजनाको उनले प्रशंसा गरे । कार्यक्रममा मुख्यमन्त्री […]

अर्थमन्त्री पौडेल र पोखराका मेयरलाई उपचारका लागि काठमाडौं ल्याइयो

काठमाडौं । पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा झिरझिरेले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई थप उपचारार्थ काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको छ । मन्त्री पौडेल र मेयर आचार्यलाई सिम्रिक एयरको हेलिकप्टरबाट शनिबार अपराह्न काठमाडौं ल्याइएको अर्थमन्त्रीका प्रेसविज्ञ भुवन केसीले जनाएका छन् । केसीका अनुसार […]

पोखरा भ्रमण वर्ष उद्घाटन गर्दा फुट्यो बेलुन, अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

पोखरा । पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा आगोको लप्का लागेर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्य घाइते भएका छन् । पोखरा रंगशालामा भइरहेको कार्यक्रममा बेलुन उडाएर उद्घाटन गर्ने क्रममा उक्त दुर्घटना भएको हो । इलेक्ट्रिक स्विच थिचेर बेलुन उडाउने क्रममा फुटेको र आगोको लप्काले लागेर मेयर आचार्य र अर्थमन्त्री पौडेलको गाला […]

झापामा वन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो

झापा । वन डिभिजन कार्यालयले मेचीनगर नगरपालिका–१३ चारआलीस्थित प्रगति सामुदायिक घनक्षेत्र अतिक्रमण गरी बनाइएका १८ अस्थायी टहरा हटाएको छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएको उक्त स्थानमा विगत १८ वर्षदेखि तरकारी र माछा मासु बजार सञ्चालन गर्दै आएका १८ परिवारले वन क्षेत्र अतिक्रमण गरी अनधिकृत अस्थायी संरचना बनाएका थिए । सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन रक्षक […]

प्रदर्शनकारीको आक्रमणमा परी लेबनानमा नेपाली सैनिक घाइते

काठमाडौं । लेबनानको बेरुतमा प्रदर्शनकारीको आक्रमणबाट नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल घाइते हुनुभएको छ । गए राति करिब १२ बजे बेरुत नजिक यूएनआईएफआईएल मिसनका डेप्युटी फोर्स कमान्डर (शान्ति सैनिक) उपरथी ढकाल सवार कन्भोयलाई प्रदर्शनकारीहरूले रोकी तोडफोड गर्दा उहाँ घाइते हुनुभएको हो । घटनालगत्तै उहाँलाई उद्धार गरी यूएन लेभल थ्री अस्पताल पुर्‍याइएको थियो । अस्पताललाई उद्धृत […]

कोशी प्रदेश स्थापनाको ७ वर्षमा के के भए ? (पुस्तकसहित)

विराटनगर । कोशी प्रदेश सरकार गठन भएको आज (शनिबार) ७ वर्ष वर्ष पुगेको छ । पहिलोपटक २०७४ साल फागुन २ गते प्रदेश सरकार गठन भएको थियो । कोशी प्रदेशमा ७ वर्षको अवधिमा ९ वटा सरकार बनेका छन् । पहिलो कार्यकालमा ३ वटा सरकार बनेका थिए । दोस्रो कार्यकालको २ वर्षको अवधिमा ६ वटा (सर्वोच्च अदालतबाट […]

नाबालिका छोरीसहित पोखरीमा हामफालिन प्रीति, शिशुको मृत्यु

विराटनगर । मोरङमा १ जना महिलाले नाबालिका छोरीसहित पोखरीमा हामफालेकी छन् । उद्धार गरेर उपचारका लागि पठाइए पनि शिशुको मृत्यु भएको छ । बेलबारी नगरपालिका–९ तीनखुटियाका गंगाराम यादवकी पत्नी २२ वर्षीया प्रीति यादवले आफ्नै ६ महिनाकी छोरी काव्या यादवसहित शुक्रबार साँझ ७ः३० बजेतिर माछा पोखरीमा हामफालेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका निमित्त प्रवक्ता एवं […]

यी ५ प्रदेशका हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

काठमाडौं । आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहे पनि बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं