विराटनगर । इटहरीमा जारी सीप तथा रोजगार मेलाको अवसर स्थानीय तहसम्म विस्तार गर्न रोजगार मिलान कार्यक्रम सञ्चालन गरिएको छ। यसअन्तर्गत युवा, श्रम तथा रोजगार मन्त्रालयको टोली र अरियन्ट कम्पनीका मानव संसाधन विभाग प्रमुख उदयपुरको बेलका नगरपालिका पुगेर स्थानीयलाई रोजगारीमा जोड्ने कार्यक्रम गरेका छन्। ‘सीप र रोजगारी : साझा जिम्मेवारी’ नारासहित आयोजित मेलामा सहभागी हुन ग्रामीण […]
काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीको १५औँ महाधिवेशनले कांग्रेसलाई पुनर्जीवन दिँदै नेतृत्वमा पुस्तान्तरण गर्ने बताएका छन्। आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महामन्त्री घिमिरेले राष्ट्र र जनतालाई राजनीतिको केन्द्रमा राखेर कांग्रेस नयाँ चरणमा प्रवेश गर्ने बताए। ‘कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँ। नेपाली राजनीतिलाई नयाँ चरणमा लैजान्छौँ,’ उनले भने। महामन्त्री घिमिरेले […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा प्रस्तुत गर्न तयार पारेको राजनीतिक प्रतिवेदनमा पार्टीको राजनीतिक, वैचारिक, सांगठनिक र आर्थिक रूपान्तरणका लागि विभिन्न महत्वपूर्ण प्रस्ताव अघि सारेका छन्। प्रतिवेदनमा कांग्रेसको विगतको समीक्षा गर्दै पछिल्लो समय सत्ता, पद, गुट र पहुँचकेन्द्रित राजनीतिका कारण पार्टी जनताबाट टाढिँदै गएको स्वीकार गरिएको छ। अब नयाँ राजनीतिक संस्कार र […]
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण आगामी मंसिर पहिलो साता गराउने गरी तयारी अघि बढाइएको छ। नेपाल र भारत दुवै पक्षले भ्रमणका लागि आन्तरिक गृहकार्य थालेको उच्च स्रोतले जनाएको छ। प्रशासन उच्च स्रोतका अनुसार प्रधानमन्त्री शाहको भ्रमण मंसिर ७ गतेदेखि गराउने गरी प्रारम्भिक तयारी भइरहेको छ। भ्रमण तीन दिनसम्म रहने गरी सम्भावित कार्यतालिकामा गृहकार्य […]
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) का रक्षा मन्त्री तथा दुबईका क्राउन प्रिन्स शेख हमदान बिन मोहम्मद बिन राशिद अल मख्तुमले फ्लाईदुबईका पाइलट क्याप्टेन स्मित मच्छारसँग भेट गरेका छन्। क्याप्टेन मच्छारले देखाएको साहस, जिम्मेवारी र मानवीय संवेदनाको प्रशंसा गर्दै क्राउन प्रिन्सले उनको योगदानको सराहना गरेका हुन्। क्राउन प्रिन्स हमदानले सामाजिक सञ्जाल एक्समार्फत भेटको तस्बिर सार्वजनिक […]
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले आसन्न नेपालीहरूको महान् पर्व विजयादशमी, शुभ दीपावली, छठ पर्व तथा नेपाल संवत्को अवसरमा सर्वसाधारणलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ। चाडपर्वका समयमा घर छाडेर बाहिर जाँदा घरका झ्याल तथा ढोका राम्ररी बन्द गरी छिमेकीलाई समेत जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ। साथै, बहुमूल्य गरगहना लगाएर भीडभाडमा किनमेल गर्न नजान […]
काठमाडौं । १० वर्षीया बालिकाको अपहरण गरी जंगलमा लुकाएको आरोपमा प्रहरीले एक युवकलाई गोली प्रहार गरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ का २७ वर्षीय युवराज थारु रहेका छन् । प्रहरीले उनलाई तिलोत्तमा नगरपालिका–१७ स्थित कान्छीबजारको जंगलबाट गोली प्रहार गरी पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार थारुले बालिकालाई अपहरण गरी जंगलमा […]
काठमाडाैं । रुपन्देहीको देवदहमा गोली चलेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीको देवदह–७ का दीपक खरेलको घरमा गोली चल्दा २२ वर्षीय रायन खत्री क्षेत्री घाइते भएका हुन् । खरेलले समाएको पेस्तोलबाट गोली लागेर खत्री घाइते भएका हुन् । देवदह मेडिकल कलेजमा उपचार गराइरहेका खत्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना […]
विराटनगर । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमाले पार्टी कार्यालय च्यासलमा दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचित सांसदहरूलाई विशेष निर्देशन दिनेछन् । नेकपा एमालेले संसद् अधिवेशन सुरु हुनुअघि र समाप्त भएपछि दलको बैठक बोलाएर अधिवेशन अवधिभरमा भए/गरेका कामकारबाहीबारे समीक्षा गर्दै आएको छ । […]
काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २ हजार ९०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९१ […]