विराटनगर । देशभर रहेको मनसुनी वायुको प्रभावले मौसम प्रतिकुल बनेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । यस्तै देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरुमा भारी […]
काठामाडौं । राष्ट्रिय परीक्षा बोर्डले यसपटक माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईको मूल्यांकनका कुनै पनि शिक्षकले आफ्नो विषयमा ८० नम्बरभन्दा धेरै अंक दियो भने कारण खुलाउनुपर्ने नियम बोर्डले तय गरेको छ। बोर्डको आइतबार बसेको बैठकले यसपटकको एसइई परीक्षाको मूल्यांकनको जिम्मेवारी विद्यालयलाई दिने निर्णय गरेसँगै विगतबाट पाठ सिक्दै ८० नम्बर माथि अंक दिने शिक्षकले आफूले नम्बर […]
विराटनगर । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश १ सरकारले मंगलबार बजेट प्रस्तुत गर्दैछ । प्रदेशसभाको दिउँसो ३ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षका लागि ३२ अर्ब रुपैयाँ आसपासको बजेट प्रस्तुत गर्न लागेको हो । चालु आर्थिक वर्षका लागि सरकारले ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट प्रदेश ल्याएको थियो । […]
काठमाडौं । पार्टीमा एकता कायम गर्न सम्वादमा रहेका नेकपा एमालेको दुवै समूहका दोस्रो तहका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । सोमबार अध्यक्ष केपी शर्मा ओली निकट नेताहरू ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ लगायत नेताहरु बालुवाटारमा छलफलमा जुटेका थिए । पार्टी एकताको अन्तिम गृहकार्यका निम्ति छलफलमा बसेको बालुवाटार निकट स्रोतले जनाएको छ । […]
विराटनगर । मोरङ प्रशासनले असार ७ गतेसम्मका लागी निषेधाज्ञाको समयावधि थप गरेको छ । सोमबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले कोरोनाको जोखिम अझै कम नभएको निष्कर्ष निकाल्दै थप ७ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ […]
विराटनगर । गत वर्ष असार २८ गते राति संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दामा पहिरो जाँदा ९ घर पहिरोमा बगे । सुतिरहेको अवस्थामा आएको पहिरोसँगै बगेका ११ जना अझै बेपत्ता छन् । पहिरो गएको ११ महिना बितिसकेको छ । फेरि मनसुन भएको छ । तर यो एक वर्षमा पीडित परिवार टेन्टमै बस्न बाध्य छन् । राज्यले घर […]
बिर्तामोड । झापाको बिर्तामोडमा रहेको सुविधा सम्पन्न बीएण्डसी अस्पतालले असार १ गतेबाट नियमित रुपमा ओपीडी सेवा सुरु गर्ने भएको छ । कोरोना महामारीका कारण संक्रमण उच्च हुँदा लगाईएको निषेधाज्ञाले यस अघि ओपीडी सेवा नियमित नभएकोमा अब असार १ अर्थात मंगलबारबाट नियमित पूर्ववत अवस्थामानै सञ्चालन हुने अस्पतालले जनाएको छ । सोमबार अस्पतालका जनसम्पर्क व्यवस्थापक प्रमिश गिरीले […]
ताप्लेजुङ । १४ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले सान्थाक्राका २५ वर्षिय धनबहादुर लुहारलाई पक्राउ गरेको छ । मेरिङ्देन गाउँपालिका २ सान्थाक्राका लुहारले गत जेठ १४ गते बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ताप्लेजुङ प्रहरीले पक्राउ गरेको हो । जाहेरीका आधारमा लुहारलाई आईतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरिक्षक कैलाश […]
विराटनगर, ३१ जेठ । प्रदेश १ मा आज ३७९ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १४५, सुनसरीमा ९९, झापामा ९८, संखुवासभामा १२, इलाम र धनकुटामा ४–४, भोजपुरमा ३, ते¥हथुम र उदयपुरमा २–२, प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको भद्रपुरमा ४९, अर्जुनधारामा ४६, दमकमा ११, विर्तामोडमा ९, […]
विराटनगर। चौधरी ग्रुपले अधिराज्यभर पुर्याउदै आएको सामाजिक सेवामुलक कार्यहरु निरन्तर जारी छ । समुदायसंग निकटताका साथ सेवा विस्तार गर्ने उद्देश्यले १ नं प्रदेशको राजधानी बिराटनगरमा प्रादेशिक कार्यालय संचालनमा आएको छ । जेठ ३० गते आइतबार एक कार्यक्रम गर्दै कार्यालयको उद्घाटन भएको हो । कोभिडका कारण सुरक्षा सावधानी तथा सामाजिक दुरि कायम गर्दै मोरङ जिल्ला प्रदेश […]