काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी समेत रहेकी कांग्रेस नेतृ संज्ञा पोखरेल पौडेल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन् । कास्की क्षेत्र नम्बर १ बाट खुला महिलातर्फ महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएकी संज्ञाले २८९ मत प्राप्त गरिन् । चार पदका लागि ११ जना प्रतिस्पर्धामा थिए । यस क्षेत्रबाट रेनुका गुरुङ, निसा मल्ल ठकुरी, डाल्डादेवी […]
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दै छ । बिहान ११ बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक र लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीले टेबुल गर्ने कार्यसूची छ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, […]
विराटनगर । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ६ मा भएको झडपमा नेता शेखर कोइरालाको कुनै संलग्नता नरहेको सचिवालयले जनाएको छ । अधिवेशन स्थलमा भएको घटनासँग नेता कोइरालाको दुष्प्रचार भएको सचिवालयको जिकिर छ । नेता कोइराला एकता महाधिवेशनको पक्षमा रहेकाले दुवै पक्षको महाधिवेशनमा सहभागी नरहेको स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताएका छन् । ”डा. […]
काठमाडौं । भोटेकोसी बाढीको अध्ययनका लागि संयुक्त संसदीय विशेष समिति गठनको माग सत्तारुढ दलले अस्वीकार गरेपछि राष्ट्रियसभाले छुट्टै विशेष समिति गठन गरेको छ । संसदीय विशेष समितिमा संयुक्त प्रतिनिधित्वको प्रचलनलाई तोडिएपछि राष्ट्रियसभाले आफ्नो छुट्टै विशेष समिति गठन गरेको हो । राष्ट्रियसभाले नौ सदस्यीय विशेष समिति गठन गरेको हो । पुस मसान्तसम्मको कार्यविधि तोकिएको विशेष समितिलाई […]
विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगर सभापतिमा कृष्ण कार्की निर्वाचित भएका छन्। त्यसैगरी, उपसभापतिमा श्रुति शर्मा निर्वाचित भएकी छन्।
विराटनगर । नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले पार्टीको १५औँ महाधिवेशनलाई लोकतान्त्रिक अभ्यास र संगठन सुदृढीकरणको अवसरका रूपमा उपयोग गर्न कांग्रेसका नेता–कार्यकर्तालाई अपिल गरेका छन्। कार्कीले जारी गरेको अपिलमा महाधिवेशनलाई केवल नेतृत्व चयनको प्रक्रिया नभई युवा पुस्तासहित सबैलाई लोकतान्त्रिक प्रक्रियामार्फत राष्ट्र निर्माणमा सहभागी गराउने अवसरका रूपमा उल्लेख गरिएको छ। उनले लोकतन्त्रमा समावेशिता […]
काठमाडौँ । संघीय निजामती सेवाका महिला कर्मचारीलाई महिनावारी (रजस्वला) बिदा दिने प्रस्ताव गरिएको छ। आज संसद्मा दर्ता भएको संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा महिला कर्मचारीका लागि महिनावारी बिदाको व्यवस्था प्रस्ताव गरिएको हो। विधेयकको दफा १२५ मा निजामती कर्मचारीले पाउने बिदासम्बन्धी व्यवस्था गरिएको छ। उक्त व्यवस्थामा अन्य बिदासँगै ‘महिनावारी /रजस्वला बिदा’ […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदन राष्ट्रियसभा र प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरेका छन्। राष्ट्रपति पौडेलले शुक्रबार (असोज १६) राति १२ बजेदेखि लागू हुने गरी संसद्को अधिवेशन अन्त्य गरेका हुन्। राष्ट्रपति कार्यालयका अनुसार, मंगलबार (असोज १३) बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीले जारी […]
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले बोलेलगत्तै प्रतिनिधिसभा बैठकमा हाँसो गुन्जिएको छ । बिहीबार सभामुख डोलप्रसाद (डीपी) अर्यालले बैठकको कारबाही सुरु गरेलगत्तै सांसद राई आफ्नो आसनबाट उठे । त्यसपछि सभामुख अर्यालले उनलाई बोल्न समय दिए । राईले भने, “सम्माननीय सभामुख महोदय, कुरा त्यही हजुर, धन्यवाद ।” त्यसपछि उनी आफ्नो आसनमा बसे । लगत्तै […]
काठमाडौं । सरकारले संघीय निजामती सेवासम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ। मन्त्रिपरिषद्को गत मंगलबार बसेको बैठकले विधेयक संसद्मा पेस गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आवश्यक प्रक्रिया अघि बढाउन अनुमति दिएको थियो। सरकारको निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तर्फबाट विधेयक प्रतिनिधिसभामा दर्ता गरिएको हो।