प्रदेश १ मा कोरोना : ६२३ संक्रमणमुक्त, ३५९ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ६२३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २८४ महिला र ३३९ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६६ हजार १५८ पुगेको छ । प्रदेश १ मा आज ३५९ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १४८, मोरङमा १३१, सुनसरीमा ४७, धनकुटामा १२, उदयपुरमा ५, इलाममा […]

मोरङमा जोर, बिजोर गाडी चल्ने, ६ बजेसम्म बजार खुल्ला

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले केही खुकुलो पार्दै निषेधाज्ञाको समयावधि थप एक साता लम्ब्याएको छ । प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जिल्लाभर असार २८ गते मध्यरातिसम्मका लागि दशौं पटक निषेधाज्ञा अवधि थप गरेका हुन् । मंगलबारदेखि मोरङमा जोर–बिजोरका आधारमा सार्वजानिक र निजी गाडी सञ्चालन हुने भएको जिल्ला प्रशासन कार्यालय मोरङ साहयक प्रमुख जिल्ला अधिकारी […]

प्रियंकाले ‘बेबी सावर’ का तस्बिर सार्वजनिक गर्दै लेखिन ‘अब तपाईं मलाई सोध्न छोड्नुहोस्, हो हामी गर्भवती भएका छौं ।’

काठमाडौं । अभिनेत्री प्रियंका कार्की विवाद र चर्चामा बारम्बार छाउने गर्दछिन् । उनले सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने तस्विरले समेत चर्चा पाउने गरेको छ । पछिल्लो समय उनी सामाजिक सञ्जालमा बेबी–बम्पवाला तस्बिरका कारणले बारम्बार चर्चामा छाएकी थिइन् । सायद त्यसैले पनि होला विभिन्न क्रियाकलापसहित उनी बेबी–बम्पवाला तस्बिर सार्वजनिक गर्छिन् ।     अहिले फेरि उनले सामाजिक […]

पाँचथरको फिदिममा कोरोना संक्रमित पुरुषको निधन

फिदिम । पाँचथरको फिदिमनगरपालिका २ का ६४ वर्षीय कोरोना संक्रमित पुरुषको निधन भएको छ । उपचारका लागि बिराटनगर लैजाँदै गर्दा इलामको माइखोला पुगेपछि उनको निधन भएको हो । आसार ६ गते पीसीआर रिपोर्टमा उनलाई कोरोना संक्रमण देखिएको थियो । होमआइसोलेसनमा रहेका उनको स्वास्थ्यमा सुधार नआएपछि असार ९ गते पाँचथर अस्पतालस्थित अस्थायी कोभीड अस्पतानमा भर्ना गरिएको […]

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आजदेखि बिजुली उत्पादन गर्दै, प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आजदेखि बिजुली उत्पादन गर्दैछ । कुल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन गर्न लागेको हो । आयोजनाका प्रवक्ता डा। गणेश न्यौपानेका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ४ बजे भर्चुअल माध्यमबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उनका […]

भारतमा थप ४० हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौँ । भारतमा थप ४० हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४० हजार ३८७ जनामा संक्रमण भएको छ । भारतमा संक्रमितको दैनिक वृद्धि एक लाखभन्दा कम भएको यो लगातार २९औँ दिन हो । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना […]

ताप्लेजुङमा ९ सहित प्रदेश १ मा ३१२ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ७९२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त भएका मध्ये ३५२ महिला र ४४० पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६५ हजार ५३५ पुगेको छ । प्रदेश १ मा आज ३१२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १३०, झापामा ९३, सुनसरीमा ५१, ताप्लेजुङमा ९, उदयपुरमा ५, […]

काठमाडौं उपत्यकामा हट्यो जोर-बिजोर प्रणाली

काठमाडौं । काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जोर-बिजोर प्रणाली हटाउँदै निषेधाज्ञालाई जारी राखिएको छ। आइतबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले जारी गरेको आदेश अनुसार ३१ गते सम्मको लागि निषेधाज्ञा थपिएको हो। निषेधाज्ञामा सभा तथा सम्मेलन गर्न पाइने छैन। असार २२ गतेदेखि जोर-बिजोर प्रणाली हटाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए। उनकाअनुसार […]

प्रदेश १ संसद् आइतबार पनि अवरुद्ध, सर्वदलीय बैठकमा जुटेन सहमति

विराटनगर । माओवादी केन्द्रको अवरोध जारी रहेपछि प्रदेश १ संसद्को आइतबारको बैठक पनि अवरुद्ध भएको छ । आजसहित प्रदेशसभा बैठक लगातार चार पटक अवरुद्ध भइसकेको छ । बैठक सुरु हुने बित्तिकै माओवादी सािंसदहरुले उठेर विरोध गरेपछि उपसभामुख सरस्वती पोखरेलले सोमबारसम्मका लागि बैठक स्थगित गरेको घोषणा गरेकी थिइन् । प्रदेशसभाको १२ औं बैठकमा भौतिक पूर्वाधार विकास […]

युरोकप फुटबलको सेमिफाइनल समीकरण पूरा (खेल तालिकासहित)

काठमाडौ । युरोकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार राति युक्रेन र इंग्ल्यान्डबीचको खेलसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो । युक्रेनलाई ४-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुग्ने अन्तिम टिम बनेको छ । यस पटक इंग्ल्यान्ड, इटाली, स्पेन र डेनमार्कले अन्तिम चारमा स्थान बनाएका छन् । सेमिफाइनल खेल बुधबार र […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं